
स्थानिय चुनाव २०७९ : काठमाडौँ विगत दुई हप्तामा काठमाण्डौमा गरिएको एउटा अनौपचारिक मत सर्वेक्षणमा सर्वसाधारणलाई तीन वटा प्रश्न गरिएको थियो । काठमाडौँको बालाजु,सल्टिमोड, रत्नपार्क , बानेश्वर र चाबहिलमा गरिएको उक्त सर्वेक्षणमा सोधिएका प्रश्न थिए-
१) तपाई काठमान्डुको मतदाता हो ? २) तपाई चारजना उम्मेदवार (केशव स्थापित, सिर्जना सिंह, समीक्षा बास्कोटा वा बालेन शाह ) मध्ये कसले जितोस् भन्ने चाहनु हुन्छ? ३) अहिलेका राजनीतिक दल र उनीहरूको प्रजातान्त्रिक अभ्यासबाट सन्तुष्ट हुनुहुन्छ ?
कुल २२,३११ जनासँग अर्थात् काठमाण्डौको कुल मतदाता तीन लाखको करिब ७ % मतदातामध्ये ५५.२ % अहिलेका राजनीतिक दल र उनीहरूको प्रजातान्त्रिक अभ्यासबाट सन्तुष्ट छैनन् । दलहरू सन्तुष्ट हुने उत्तरदाता २१.७ % मात्रै छन् । २३ दशमलव १ प्रतिशत उत्तरदाताले भने जवाफ दिने मानेनन् ।
सहभागीमध्ये १८ देखी २५ वर्ष उमेर समूहका ३४.७ % छन् भने ४५. ९ प्रतिशत २६ देखी ३५ वर्ष उमेर समूहका छन्। १४.३ प्रतिशत ३६ देखी ५० वर्ष उमेर समूहका भने ५० वर्ष माथिको ५ दशमलव १ प्रतिशत छ। सहभागी महिलाको सङ्ख्या ३८ % र पुरुषको सङ्ख्या ६०% छ । बाँकी २ प्रतिशतले भने आफ्नो परिचय खुलाएनन्।
कुल सहभागीमध्ये १७ प्रतिशत नेवारी भाषा बोल्न सक्ने , ४ प्रतिशतले हिन्दी र बाँकी ७९ प्रतिशतले नेपालीमा उत्तर दिएका थिए। नेवारी बोल्न सक्ने मतदातालाई नेवारी वा नेपालीमा उत्तर दिन भनिएको थियो ।
सहभागीमध्ये ५५.२ % अहिलेका राजनीतिक दल र उनीहरूको प्रजातान्त्रिक अभ्यासबाट सन्तुष्ट छैनौ भनेपनि तपाई चारजना उम्मेदवार (केशव स्थापित,सिर्जना सिंह,समीक्षा बास्कोटा वा बालेन शाह )मध्ये कसले जितोस् भन्ने चाहनुहुन्छ भन्ने प्रश्नमा (५४.४६ % )ले एमाले वा काङ्रेशलाई नै रोजेको देखिन्छ।
उमेर समूह तर्फ भने १८ देखी २५ वर्ष उमेरका ४७ प्रतिशत युवाले बालेन शाहलाई रोजेको थिए भने २६ देखी ३५ वर्षका २४ प्रतिशतले बालेन रोजेका छन् । अझ रोचक त १८ देखी २५ वर्ष उमेर समूहका पहिलो पटक भोट दिने मतदाताले ५७ प्रतिशत बालेन साह रोजे भने २७ प्रतिशतले सिर्जना सिंह ।
तपाई चार जना उम्मेदवारहरू (केशव स्थापित,सिर्जना सिंह,समीक्षा बास्कोटा वा बालेन शाह ) मध्ये कसले जितोस् भन्ने चाहनु हुन्छ ?
यो पनि पढ्नुहोला । **पहिलो पटक मतदान गर्ने मतदातालाई पहिलो प्रश्नको √ चिन्हमा सङ्केत गर्न भनिएको थियो ।**
मध्यपूर्व विशेष गरी दुबई मा आउने वा भिजिट भिसामा आएका धेरै नेपालीहरू सामान्य बायोडाटा पनि बनाउन नजान्ने र काम कसरी खोज्ने थाहा नहुने हुनाले मेरा केही साथीहरू मिलेर एउटा सर्भे गर्न र दुबई बेस्ड एउटा जब साइट चलाउन गत महिना नेपाल गएका थिए ।
सुरुमा डेटा कसरी कलेक्ट गर्ने , काम कसरी गर्ने भन्ने छलफल हुँदा आसन्न निर्वाचनको मत सर्वेक्षण पनि राखेर काम गरेर सुरु गरौँ भनेर सङ्कलित डेटा राखिएको हो । अर्को भागमा नेपालीमा वैदेशिक रोजगारीका विविध पक्ष समेटेर हामी फेरी आउने छौ । धन्यवाद !
Follow us on Twitter
to be informed of the latest developments and updates!
Follow @tivitikothreadYou can easily use to @tivitikothread bot for create more readable thread!